Sunday, May 10

समाजवादी प्रेस संगठनको अधिवेशनको अन्तिम तयारी पुरा

नेपालअखबार, काठमाण्डौ । समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबारबाट काठमाण्डौ  बानेश्वर स्थित अर्पण ब्याङ्क्वेटमा  हुन लागेको संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संगठनका महासचिव भूपराज खड्काले बताउनु भयो ।

महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल  र समापनमा नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने  कार्यक्रम तय भएको छ ।  उक्त अधिवेशनमा देशभरीका ६५ वढी जिल्लाका ४ सय वढी प्रतिनिधिहरूको सहभागिता हुने संगठनका अध्यक्ष शम्भु श्रेष्ठले बताउनु भयो  । उहाँहरूलाई सुन्धारामा खाना र वासको प्रबन्ध गरिएको जनाईएको छ ।

Advertisement

अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको  संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रबन्ध समिति र उपाध्यक्ष भवानी कार्कीको संयोजकत्व अतिथि सत्कार समितिले गर्नुपर्ने सम्पूर्ण काम पुरा भएको बताइएको छ ।

बन्द सत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष मण्डल, अधिवेशनमा प्रस्ताव लेखन समिति गठन र वरिष्ठ पत्रकारहरूलाई सम्मान जस्ता कार्यक्रमहरू तय भएको जनाईएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।