अपराधसमाचार

महिलाको हत्या आरोपमा एक जना पक्राउ

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । महिलाको हत्या गरी पोखरीको छेउमा गाडेर फरार रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले महिलाको हत्या गरेको आरोपमा बाराको कलैया नगरपालिका १८ घर भई हाल जनकपुर बस्दै आएका २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरेको हो ।

मण्डलले धनुषाको मिथिलाबिहारी नगरपालिका ८ की ४२ वर्षीय उषा दासको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले मण्डललाई चितवनको हाकिम चोकबाट पक्राउ गरेको बताएको छ ।

प्रहरी अनुसन्धानबाट मण्डल र दासबीच अनैतिक सम्बन्ध रहेको पाइएको छ  । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले दुई जनाबीच विवाहको विषयमा विवाद हुँदा मण्डलले महिलाको घाँटी थिचेर हत्या गरेको पाइएको बताए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

the authoradmin