Wednesday, July 29

आज यी प्रदेशमा छ पानी पर्ने सम्भावना

नेपालअखबार, काठमाडाैं। हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

Advertisement

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र  चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा छ।

Advertisement
Advertisement

दिउँसो पनि  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाले राती कोशी र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानहरूमा  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ।

रातिपनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका पनि एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।