अर्थप्रशासनसमाचार

बागमती प्रदेशले २० वर्ष पुराना सवारी साधनको नवीकरणमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने

नेपालअखबार, काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालित यातायात कार्यालयहरुमा दर्ता भई २० वर्ष पुराना भएका सवारी साधनको नवीकरण जरिवाना छुट दिने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै प्रदेश अर्थमन्त्री बहादुरसिंह लामाले  २० वर्ष पुरा भएका र सञ्चालनमा आउन नसकेका सवारी साधन २०८० फागुन मसान्तसम्म नवीकरण गरे सोमा लाग्ने जरिवानामा ९० प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् ।

the authoradmin