Thursday, July 16

आज समाजवादी मोर्चा घोषणा हुँदै

नेपालअखबार, काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज  हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना हुने भनेता पनि  समय परिवर्तन भएकाले आज अपराह्न चार बजे नै एक घण्टा पछि  उत्त  घोषणा सभा आयोजना  हुने प्रधानमन्त्री प्रेस संयाेजक सूर्य किरणले जानकारी दिनु भएकाे छ ।

Advertisement

समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् ।

Advertisement
Advertisement

नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाकाे नेतृत्व  आलाेपालाे हुने छ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

Advertisement

मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाको भनाइ छ । यसले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्न सक्ने उनले बताए ।