
नेपालअखबार, तनहुँ। तनहुँको व्यासमा पहिरो खसेर पुरिँदा एक जनाको मृत्यु भएको छ।
सोमबार साँझ ६ बजे व्यास नगरपालिका गुणाधीस्थित सडकमा पहिरोमा तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अबदेश विष्टले जानकारी दिए।
पहिरोमा पुरिएका तीन जनाको प्रहरीले उद्धार गरी दमौली अस्पतालमा पुर्याएको थियो। जसमध्ये एक जनाको उपचार क्रममा मृत्यु भएको एसपी विष्टले बताए।
अन्य दुई जनाको सोही अस्पतालमा उपचार जारी छ। एक जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरू बाटो निर्माणको काम गरिरहेका थिए। पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ।

