समाचारसमाजहाइलाइट-समाचार

देशभरका युवा रेडक्रशको भेला गोरखामा (भिडियाे सहित)

Nepal Akhabar

गाेरखा । देशभरका जुनियर तथा युवा रेडक्रशका पदाधिकारीहरु गोरखामा भेला भएका छन् । ४० औं राष्ट्रिय नेपाल जुनियर/युवा रेडक्रस २ दिने गोष्ठीमा सहभागी हुन देशभरका पदाधिकारीहरु गोरखामा भेला भएका हुन् ।

गोरखा सदरुमकाम स्थित महेन्द्र ज्योती माध्यामिक विद्यालयमा आयोजना गरिएको गोष्ठीको एक कार्यक्रमका वीच आइतबार गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरे । सो अबसरमा बोल्दै उनले रेडक्रससँग दुःखमा परेका मानिसहरुको असल साथी बन्न सक्नु पर्ने बताए ।

भूकम्प, बाढि पहिरो जस्ता प्राकृतिक विपद्मा खोज, उद्धार तथा राहत वितरण लगायतमा रेडक्रसकर्मीहरुले उदाहरणीय काम गरेको भन्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास ब्यक्त गरे । रेडक्रशलाई पछिल्लो समय कुनै समुह ब्यक्तिले स्वार्थको घेरामा पार्ने कोसिस गरेको भन्दै उनले सामाजिक संस्थालाई साझा बनाउनुपर्नेमा उनले जोड दिए ।

नेपाल रेडक्रस सोसाइटीका जुनियर तथा युवा रेडक्रस समिति केन्द्रिय सभापती सपुतबहादुर कार्कीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठ, रेडक्रसको अन्तराष्टिर्य समितिका नेपाल स्थित उपप्रमुख कृष्णचन्द्र चालिसे, नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री हरिप्रसाद न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम सुरु हुनुपूर्व खेलकुद मैदान हरमटारीबाट प्रभातफेरीको समेत आयोजना गरिएको थियो । रेडक्रसकर्मीहरुको टोली हरमटारी, कालिमाटी, शक्तिचोक, बसर्पाक, नयाँबजार, छिपिटोल, ठुलोआँगन, छहरे हुँदै महेन्द्रज्योति माध्यामिक विद्यालय दबारमार्गमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको जुनियर/युवाहरुको नेतृत्व बिकास गराउने उदेश्यका उक्त गोष्ठीको आयोजना गरिएको हो । केन्द्रिय प्रतिनिधि, अन्तराष्ट्रिय रेडक्रसका प्रतिनिधि सबै गोरखा आइपुगेका छन् ।

गोष्ठीमा देश तथा बिदेशका गरी करिब ३ सय जनाको सहभागिता रहेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाबाट १ जना, युनियर युवा सर्कलबाट १ छात्र, र १ जना छात्रा गरी हरेक जिल्लाबाट ३/३ जनाले सहभागिता जनाएका हुन ।

सोमबारसम्म चल्ने गोष्ठीका क्रममा आएका सहभागीहरुलाई ऐतिहासिक गोरखा दरबार, गोरखा संग्रहालयसँगै लखन थापाको स्मारक काउलेभंगार, मनकामना मन्दिर र लिगलिकोटको पनि अबलोकन गराउने आयोजकको लक्ष्य छ ।

पर्यटन वर्षको अबसरमा देशभरका रेडक्रसकर्मीहरुको भेलालाई अर्थपूर्ण रुपमा लिइएको छ । यसले जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउनुका साथै जुनियर÷युवा रेडक्रसकर्मीहरुको क्षमता बिकासमा पनि ठूलो मद्दत पुग्ने छ । कार्यक्रम नेपाल रेडक्रश सोसाइटी गोरखा शाखाको आतिथ्यतामा भएको हो ।

हेर्नुस भिडियाे

the authoradmin

Leave a Reply