प्रशासनसमाचारसमाजस्वास्थ्य

हरेक ३० मध्ये १ बच्चाको ५ वर्ष उमेर नपुग्दै मृत्यु

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ. । नेपालमा प्रत्येक ३० मध्ये १ बच्चाको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ । शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले उक्त तथ्य देखाएको हो ।

सर्वेक्षणको नतिजा अनुसार विगतको तुलनामा बाल मृत्युदर भने घटेको छ । तर, निर्मूल भने हुन नसकेको हो ।

सन् १९९६ मा गरिएको पहिलो सर्वेक्षणको तुलनामा सन् २०२२ मा बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको देखाएको स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताए ।

सन् १९९६ मा  जीवित जन्ममा प्रतिशत हजार ५ वर्ष मुनीका ११८ बालबालिकाको मृत्यु हुने गरेको थियो । सन् २०२२ को तथ्याङ्क अनुसार उक्त सङ्ख्या घटेर ३३ मा झरेको देखाएको छ ।

the authoradmin