Sunday, July 5

तनहुँको तुरतुरेमा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध

नेपालअखबार, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

Advertisement

सडकभन्दा एक सय मिटर माथिबाट सुख्खा पहिरा खसेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाणले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार साझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सुचारु गराउन काम भइरहेको राजमार्ग खुलाउनका लागि चिनियाँ कम्पनी, स्थानीय पालिका तथा अन्य मानिसको समेत सहकार्यमा पहिरा पन्छाउने काम भइरहेको छ।

Advertisement

तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक बाटो दमौली भोर्लेटारचोकबाट कलेस्ती हुँदै पोल्याङका लागि डाइभर्सन गरिएको उनले बताए ।