Friday, July 3

सरकार ललिता निवास छानबिनको नाममा ‘स्टन्ट’ गर्दै : केपी ओली

नेपालअखबार, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको सरकारी जग्गा घोटालाको छानबिन सरकारले राजनीतिक स्टन्ट भएको बताएका छन्।

Advertisement

शुक्रबार काठमाडौंमा स्ववियु काउन्सिलको सम्मेलनको उद्घाटन गर्दै ललिता निवासको जग्गा घोटालामा गठबन्धनकै मानिस पर्ने दाबी गरे।

Advertisement
Advertisement

‘यो नाटकमात्रै हो। आफूलाई हिरो देखाउन गरेको नाटक हो। स्टन्ट हो। भ्रष्टचार विरोधी भनेर देखाउन गरिएको स्टन्ट मात्रै हो, छानबिन गर्दा यहाँ गठबन्धनकै मानिसहरू पर्ने हुन्। त्यसकारण गर्दैन,’ उनले भने।

Advertisement

उनले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको छोरोले जग्गा किन्यो भन्ने देखाएर प्रमुख दोषी करार गर्न खोजिएको पनि बताए।

‘हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो अरे! कसैको छोराले धनी पूर्जा हेरेर किन्यो, अड्डामा गएर पास गर्‍यो,’ उनले बचाउ गर्दै भने, ‘ऊचाहिँ प्रमुख दोषी भन्न खोजिको यसको कुनै अर्थ छैन।’

अध्यक्ष ओलीले ललिता निवास प्रकरण गम्भीरतापूर्क छानबिन गर्न पनि भने। ‘यसको छानबिन गरौं, जो–जो संलग्न छन् सबैलाई कारबाही गरौं। कोको दोषी छन्? कहिलेबाट यो सुरू भयो। जफ्त गरिएको जमिन कहिलेबाट कांग्रेसहरूलाई दिने क्रम सुरू भयो। त्यहीँबाट यो घटना सुरू भयो। त्यसपछि ककसले छानबिन गरे, कसकसले निर्णय गरे? समग्र कुरा बाहिर ल्याउनुपर्छ। जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने चेष्टा गर्ने? भ्रष्टाचारको छानबिनब गरेको नाटक गर्ने?,’ उनले प्रश्न गर्दै भने।