प्रदेश ४विदेशसमाचारसमाजहाइलाइट-समाचार

चार महिनादेखि दुबईमा अलपत्र यमकुमारी घर फर्किइन

Nepal Akhabar

गोरखा । मानसिक सन्तुलन गुमाएर दुबईको अस्पतालमा अलपत्र परेकी गोरखा ८, आँपश्वाराकी यमकुमारी थापा नेपाल फर्केकी छिन् ।

४ महिनाअघिदेखि दुबईको एक अस्पतालमा अलपत्र परेकी थापा बुधबार बिहान नेपाल आइपुगेकी हुन् । एक्कासी रक्तचापको समस्या आई त्याहाको रसिद अस्पतालमा शल्यक्रिया गरेकी उनको ४ महिनादेखि मानसिक सन्तुलनमा समस्या आएको थियो ।

उनी बुधबार बिहान १० बजे नेपाल एअरलाईन्सको उडानबाट नेपाल आइपुगेकी छोरी सृजना थापाले जानकारी दिइन् । उनलाई त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा श्रीमान लालबहादुर थापा, छोराहरु सन्तोष, दिनेश, छोरी सिर्जना थापा, ज्वाई रोशन राना र भाइ अतुल थापाले स्वागत गरेका थिए ।

विगत चार महिनादेखि मानसिक सन्तुलन गुमाएर अस्पतालमा अलपत्र बनेको खबर केहि दिनअघि बिभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका थिए । सो को आधारमा युएईमा रहेका सामजिक संघसंस्थाहरुले उनको उद्दारका लागि पहल गरेका थिए ।

नेपाली दुतावास आबुधावीको विशेष सहयोगमा गोरखा समाज युएईले हवाई टिकट उपलब्ध गराई यमकुमारीलाई नेपाल फर्काइएको छोरी सृजनाले बताईन् ।

४ बर्षअघि रोजगारीको सिलसिलामा उनी यूएई गएकी थिइन् । ४३ बर्ष उमेर रहेकी यमकुमारीको अवस्था हाल सामान्य रहेपनि कहिलेकाही स्मरण शक्तिमा भने समस्या देखिएको परिवारले जनाएको छ । उनी बुधबार नै गोरखा स्थित घर फर्किसकेकी छिन् ।

the authoradmin

Leave a Reply