Friday, July 3

संसद्का दुबै सदनबाट बजेट पारित

नेपालअखबार, काठमाडाैं। सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुबै सदनबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो।

Advertisement

बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

Advertisement
Advertisement

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।

Advertisement

प्रतिनिधि सभाबाट यही असार १३ गते आगामी आवको बजेट पारित भएको थियो। सरकारले गत जेठ १५ गते सङ्घीय संसद्का दुबै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। सङ्घीय संसद्का दुबै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ।