राजनीतिसमाचार

आज एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको  बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले आज बिहान पुनः बैठक बस्ने भएको हो

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ । सङ्गठन सुदृढीकरण विशेष अभियानसम्बन्धी जानकारी गराइएको बैठकमा वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्य विभाजन, पार्टीका रिक्त रहेको पदाधिकारी तथा सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा प्रस्ताव र कमिटीका समायोजन तथा थपघटबारे छलफल पनि गरिनेछ ।

बैठकमा जनसङ्गठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन, प्रचार विभागबारे पनि छलफल हुनेछ । पार्टी परित्याग गरी गएका चूडामणि जङ्गली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायत नेताको पद रिक्त छ भने बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद पनि रिक्त छ ।

the authoradmin