विचारसाहित्य \कला

मेयर साहेब तपाँईलाई मेरो शुभकामना छ

ई.दिपक सुबेदी
देश संघीयतामा गएपश्चातदोश्रो कार्यकालकालागिगत वैशाख३०, २०७९ मा देशै भर हर्षउल्लहासका साथ शान्तिपूर्ण वातावरणमा संविधानको रक्षाका निम्तिप्रतिगमनकारी शक्तिहरु र प्रतिगमनकाविरुद्व एक जुट भएका विभिन्न राजनैतिकशक्तिहरुका बिचमा निर्वाचन सम्पन्नभयो ।
देश संघीय लोकतन्त्रिगणतन्त्रमा गएको पहिलो चार वर्षमैशिशुअवस्थामा रहेको संविधान माथिधावा बोल्ने, संविधानकुल्चने जस्ता कार्य भएको मात्यसका विरुद्व देशकाप्रमुख राजनैतिक दलहरु एक जुट भई बामलोकतान्त्रि मोर्चा निर्माण गरि प्रतिगमनलाई परास्तगरि संविधानजोगाउने कार्यमा सफलता हासिल गर्दै तिनै बामलोकतान्त्रि शक्तिहरु सगँसगै निर्वाचनमा होमिएको कुरा आम सर्वसाधारणमा जगजाएर छ ,त्यसैले यस बारेमा धेरै विश्लेषण गरेर समय वर्वाद गर्नुको कुनै औचित्य छैन ।
पाँचदलिय गठबन्धनबाट पोखरा महानगरपालिका प्रमुखको दाबेदारी सहितनिर्वाचन माहोमिएका अत्यन्तै सरल, प्रभावशाली एंवबहुआयमीक व्यक्तिधनराज आचार्यले निर्वाचनमाअत्याधिक बहुमतका साथ पोखरेली जनताको मायापाउँदै संघीय लोकतान्त्रि गणतन्त्र स्थापनापश्चातको दोश्रो पाँचवर्षिय कार्यकालका लागि देशकै ठूलो महानगरपालिका पोखरा महानगरपालिकामा प्रमुखभएर पाईला टेके ।
प्रमुखभएर आए लगतै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै फूलैफूलको शहर बनाउने प्रतिवद्वता सहितआफनो कार्यकालको पहिलो निर्णय गरे । ४६४.२४ वर्ग कि.मि क्षेत्रफलमाफैलिएको पोखरा महानगरपालिका पूर्वमाकोत्रे देखि पश्चिममापञ्चासे सम्म र उत्तरमाकालिलेक देखि दक्षिणमा सुरौदी सम्म पुराना ग्रामीण भेग र केहि शहरी क्षेत्रले बनेको पोखरा महानगर आजको भोलि नै सर्वसम्पन्न शहरको रुपमा विकास गर्ने कुनै दैविक शक्ति धनराजसँग छैन तर द्घृढ इच्छा शक्ति र पोखरालाई विकसित शहरको रुपमा विकास गर्ने चाहना साथै हुटहुटी भने प्रचुर मात्रमा छ भन्ने कुरामाकुनै शंका र दुविधा छैन ।
आचार्य प्रमुखभएर आएको पहिलो सातमहिनाभन्दा बढी समय पोखराको गौरवको रुपमा रहेको पोखरा अन्तराष्ट्रिय विमान स्थललाई संचालनमाल्याउने र विमान स्थललाई संचालनमाल्याउनप्रमुखबाधकको रुपमा रहेको पुरानो ल्यान्ड फिल्ड साईटलाई व्यवस्थापन  गर्ने विषयमा आफ्नो समय खर्च गरे यदि धनराज जतिकै भिजन र मिसन भएको प्रमुख आज पोखराले पाउदैनथ्यो भने समयमा नै पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन हुदैनथ्यो भन्ने कुरामा कोही कसैको विमती छैनभन्ने विषयलाई प्रमाणित गर्न अन्तराष्ट्रिय विमान स्थल उद्घाटन समारोहमाउपस्थितजनसागर काफी छ ,पोखरा अन्तराष्ट्रिय विमान स्थलको चर्चा परिचर्चा गरि रहँदाउक्तविमान स्थलका परिकल्पनाकार स्व.रविन्दअधिकारीलाई समेत स्मरण गर्न चाहन्छु ।
यसरी नै पोखराको अर्को ठूलो चुनौतिको रुपमा रहेको फोहार मैला व्यवस्थापनलाई अत्यन्तै गम्भिरताका रुपमा हेरिकन फोहोर मैला व्यवस्थापनगर्न प्रशाोधनकेन्द्र  स्थापनागर्ने गरि वडा नं ३३ कोतल्लो पुडिटारभन्ने ठाँउमा प्रशाोधन केन्दलाई आवश्यक पर्ने जग्गा प्राप्ति गर्ने र महानगरको स्वामित्वमा ल्याउने साथै सार्वजनिकनिजी साजेदारी नितिअन्तगर्त प्रशाोधनगर्ने कम्पनी छनौट गर्ने पक्रिया समेत अन्तिम चरणमा पुगेको छ ।
स्मरण रहोस्उक्तप्रशाोधन केन्द्र«्लाई टिकट काटेर हेर्ने गरि संचालनमाल्याउने छुभनी प्रमुखले सार्वजनिक कार्यक्रमहरुमै वक्तव्यदिई सकेका छन् र त्यो संभवअबको केही महिनामै हुने छ ।
प्रशासनिक सुधारका निम्ती महानगरले एकद्वार प्रणली सुरु गरे लगतै सेवाग्राहीहरु कर्मचारीका कोठाकोठा र ढोका ढोका चाहार्नु पर्ने बाध्यताको अन्त्यभई सेवाग्राहीले पाउने सेवा सुविधाचुस्त दुरुस्त भएकाले झनझट मुक्तभई सहजै कार्य सम्पादन भएको मामहानगर आउने सेवाग्राहीहरुले धन्यवाद मेयर धनराजआचार्य समेत भन्ने गरेको भेटिन्छ ।
साथसाथै हेलो मेयेर कार्यक्रमसंचालन गरि चौबिसै घण्टा टोल फ्रि नं. ११८१ मासम्पूर्ण पोखरेलीकागुनासा , राय, सल्लाहा , सुझाव समेत लिई गुनासाहरुको समाधानगर्दै आएका र हरेक दिनबिहान ११–१२ बजेको समय सर्वसाधारणहरुलाई प्रत्यक्ष रुपमा भेटघाट गरि जनताकातमाम समस्याहरुको समेत निराकरण गर्दै आउनुभएको छ ।
पोखरा महानगरपालिको दातृ राष्ट्र रदातृ निकायहरु सँगको बिग्रदो सम्बन्धलाई धनराजप्रमुखभएर आए लगतै पुर्नताजगी गरेको कुरा सायद कतिपय सर्वसाधारणलाई थाहानहुनपनि सक्छ । तालचोक बेगनास सडक योजना लगबगतुहिने अवस्थामा पुगिसकेकोमाधनराज प्रमुख भएर आए लगतै विश्व बैंकका पदाधिकारीहरुसँग बारम्बार गरेको बार्ताले सफलता हासिल गर्दै आज तालचोक बेगनास योजनाले गतिलिएको र कामधमाधमभई रहेको छ । उक्त समयमा तीन अर्वको अनुदान रकममध्य सबै रकम तालचोक बेगनास सडकमा खर्च नहुने भएपश्चात बाँकि रकम बागमारा देखि कोत्रे सम्मको सडकलाई सहायक राजमार्गको रुपमा विकसित गर्ने गरि डिपिआर तयार भई सकेको र दशैं अगावै खरिद प्रक्रियामा जाँदै छ ।
व्क्ष्ऋब् को लगानिमा निर्माणाधिन पोखरा बृहत खानेपानि योजनामा विवाद सिर्जना भए पश्चात निर्माण कम्पनिहाज्माले बिचमै निर्माण कार्य छाडेर हिडेकाथिए तर व्क्ष्ऋब् को निमन्त्रणमा जापनगएको समयमा मेयर साहेबले उक्तनिर्माण कम्पनिलाई सुरक्षाको प्रत्याभुतीगर्ने दृढता व्यक्त गरे पश्चातनिर्माण कम्पनिपुन :काममा फर्किएको कुराको यहाँ कुनै चर्चा भेटीदैन , भेटीन्छ त धनराजलाई गालिगलौच मात्र?
दिगो पर्यटन विकासकालागि पोखरा महानगरपालिका र एसियालीविकास बैँक बिच विभिन्नपन्ध्र वटा परियाोजनामा सम्झौताभई सकेका छन् जस अन्तर्गत फिर्के खोला कोरिडर , सेतिखोला  बोटानिकल गार्डेन , पञ्चासे क्षेत्र विकास , सराङ्गकोट  पर्यटन पूर्वधार , एयरर्पोट फेवातालदु्रतमार्ग , अन्तर ताल साइकल ट्रयाक , बेगनास रुपाताल संरक्षण एंवविकास , फेवा बेगनासदु्रतमार्ग , फेवातालअर्गानिक ट्रेल तथा बिच निर्माण , विन्दवासिनिमन्दिर क्षेत्र विकास लगायतका योजनाहरुले मुर्तरुप पाउने बितिकै पोखरको पर्यटन क्षेत्रले कोल्टो फेर्ने छ यसकालागिहामि सबै पोखरेलीले धनराजलाई धन्यवाद दिनै पर्दछ ।
स्मरण रहोस एडिबि , वल्र्ड बैंक , जाईका , गणतन्त्र कोरिया लगायतअन्यथपै दातृ निकाय र दातृ राष्ट्रहरुले पोखराको सम्रगविकास, दिगो पर्यटन , खाने पानीतथा ढल निकास , स्ट्रोम वाटर मेनेजमेन्ट, हरित यातायात प्रणालीलगायतकाविभिन्न क्षेत्रहरुमा २८ अर्ब भन्दाबढीको अनुदान सहयोग गर्ने गरि सम्झौतागरि सकेका छन् र सबै जसो दातृ निकायले पोखरामाकार्यलय स्थापनागरि कार्य आरम्भ समेत गरि सकेका छन ।
धनराजआचार्य प्रमुखभएर आए पश्चातव्यवसायिक विकास, प्रवर्धन र सम्वर्धनका लागिन विनतथाआधुनिक प्रविधिमा आधारित पोखरा महानगरपालिकाले संचालनगर्ने गरि नेपालकै पहिलो व्यवसायिकप्रवर्धन केन्द« स्थापनागरि रोजगारिको सृजना,उत्पादनक्षमतामा बृदि , उद्यमशीलतको विकास , अध्ययन अनुसन्धानको विकास गर्ने गरि संचालनमाल्याएका छन जसको फल स्वरुपआचार्य मेयर भएर आएको पहिलो वर्षमै धेरै युवाले सिपमुलकतालिमप्राप्तगरि महानगरकै योजनाअन्तगर्त स्टार्ट अफ फण्ड समेत प्राप्तगरि आआफ्नो व्यवसाय समेत सुरुवात गरेको हेर्न देख्न र सुन्न पाईन्छ ।
बिहानको घाम उदाई सकेपछि रात पर्नलाई समेतकुर्नु पर्दछ , झ्यापै रातपार भन्दैमा कसैले पनिदिउँसै रातपार्न सक्दैन त्यसरी नै पहिलो एक वर्षे कार्यकाललाई आधार वर्षका रुपमाहेरेका धनराजकाकार्ययोजना, पोखराको सम्रगविकास चाहे त्यो सुशासनको क्षेत्रमा हो सवादिगो पर्यटनको क्षेत्रमाहोस या पुर्वाधार विकासको क्षेत्रमाहोस अबका केहि वर्ष हामीपोखरेलीले धैर्यतापूर्वक कुरेर बस्नै पर्दछ किनकि धनराजका योजना दुई चार महिनामा नै फते हुने अल्पकालिन योजना होइनन् उनका योजनाहरु त पोखराको प्रर्वधनलाई दिर्घाकालिन महत्व राख्ने बहुवर्षीय योजनाहरु हुन् । कतिपय योजनात यस्ता छन्कि जुनधनराजले आप्mनो पाँचवर्षिय कार्यकालमाजगमात्रबसालेर छोड्ने छन् ।
तर यहाँ अचम्ममान्नुपर्ने कुरा के छ भने धनराज सफल हुन्छ कि भन्ने चिन्ताले केहि यस्ता हातको औँलामागन्नमिल्ने बिकृत मानसिकताले ग्रसितओसिएकाबारुदहरु साथै प्रतिगमनका अवशेषहरुको दिनको भोक र रातको निन्दा हराएको छ र त्यस्ता उदेश्य विहिनमोर्चा बनाउने विरोधिहरुकाआसेपासेहरु जो अनावश्यक विरोधका लागि विरोध गर्ने, सामाजिक संजालमाअनावश्यक रुपमा प्रायोजित ढङबाट टिकाटिपणी गर्नेहरुको भिडलाई सडकमै नग्नभएर हिड्ने सम्मको अवस्थामा पु¥याउने गरि काम गरेर देखाउनहोस मेयर साहेब मेरो शभकामना छ तपाईलाई ।
the authoradmin