Friday, July 17

अनेरास्ववियूकाे चेतावनी :  सिटिइभिटिकाे शुल्क वृद्धि २४ घण्टा भित्र फिर्ता नलिएआन्दोलन गरिने

नेपालअखबार, काठमाडाैं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) मा भएको शुल्क वृद्धिप्रति अनेरास्ववियूको ध्यानाकर्षण भएको छ ।आर्थिक स्थिति कमजोर भएको निम्न तथा मध्यम वर्गीय परिवारका विद्यार्थीहरूले न्यूनतम शुल्क तिरेर व्यवसायिक तालीम गरी सजिलै रोजगारीको अवसर प्राप्त गर्ने उदेश्यले स्थापना गरिएको CTEVT मा हुदै गरेको चर्को शुल्क वृद्धि तत्काल खारेज गर्नअनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य तथा सिटिइभिटी नेता देवेन्द्र बहादुर बुढा अनुरोध गरेका छन् ।

Advertisement

यदि २४ घण्टा भित्र तत्काल शुल्क वृद्धि फिर्ता नलिए चरणबद्ध आन्दोलन गरिने अनेरास्ववियू  सिटिइभिटि केन्द्रीय अध्यक्ष हर्क बहादुर बमले  चेतावनी दिएका छन् । त्यसको जिम्मेवारी र जवाफदेही सम्बन्धित  निकायले‌ लिनु पर्ने बताएका छन्  ।

Advertisement
Advertisement

Advertisement