प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले गरे आन्दाेलनकाे घाेषणा

गाेरखा । सडक कालोपत्रे गर्न माग गर्दै सिरानचोक गाउँपालिका ६ का स्थानीयले शनिबार ३ घण्टा चक्काजाम गरेका छन् ।

गोरखा बारपाक सडक अन्तरगत मसानेठाँटीदेखि खहरेसम्मको खण्ड ठेक्का सम्झौता गरेको ३ बर्ष बित्दा समेत काम नभएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

उनिहरुले शनिबारदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने गरी कार्यक्रम नै घोषणा गरेका छन् । जसका लागि कञ्चनकुमार श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति समेत गठन गरेका छन् ।

सडक अवरुद्ध गराउने कार्यक्रममा गोरखा क्षेत्र नम्बर २ ख का साँसद प्रकाशचन्द्र दवाडी समेत शनिबार नयाँसाँघु पुगेका थिए । उनिहरुले सडक कालोपत्रेको काम सुरु नहुञ्जेल आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।

‘३ बर्ष भयो सम्झौता भएको, तर अहिलेसम्म नाप्न पनि आएनन’ आन्दोलन समितिका अध्यक्ष श्रेष्ठले भने ‘अब हामी चुप लागेर बस्दैनौ, काम सुरु नहुञ्जेल आन्दोलन चलाउछौ ।’

स्थानीयले शनिबार बिहानदेखि दिउसो ११ बजेसम्म सडक अवरुद्ध बनाएका थिए । माग सम्बोधन नभए आँबुखैरेनी गोरखा सडकमा पनि चक्काजाम गर्ने स्थानीयले चेतावनी दिएका छन् ।

‘यो सडकमा पर्ने अगाडी पछाडी दुवैतिर काम भइरहेको छ तर यो ९ किलोमिटरमा बर्षौदेखि काम अलपत्र पारेर ठेकेदार फर्केर आएका छैनन’ वडाध्यक्ष नारायण दानीले भने ‘यो समस्या बारम्बार उठायौ तर खासै सुनुवाई भएन बाध्य भएर आन्दोलन गर्नुपरेको छ ।’

नागार्जुन त्रिशुली जेभी कन्स्ट्रक्शनले सो सडक कालोपत्रे गर्न एघारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयसंग तीन वर्षअघि ठेक्का सम्झौता गरेको थियो । तर काम नगरेपछि गत साउनमा कार्यालयले ठेक्का रद्ध गरी मध्यपहाडी सडक आयोजनालाई हस्तान्तरण गरेको थियो ।

‘मध्य पहाडीले बनाउछ भन्ने त सुनिएको हो तर कहिले बनाउछ थाहा छैन् । ३ वर्ष अघि नै सक्नु पर्ने ठेकदारले त अहिलेसम्म गरेको छैन्, अब मध्यपहाडी आउला र बनाउला भन्ने हामीलाई आश छैन’ आन्दोलन समितिका संयोजक श्रेष्ठले भने ‘तत्काल सडक पिच गर्नु प¥यो । हामी अब धुलो खान सक्दैनौं ।’

तर मध्यपहाडीलाई बुझाइएको लामो समय भइसक्दा पनि उक्त सडकको अहिले सम्म ठेक्का समेत लाग्न सकेको छैन ।

त्यसो त मध्य पहाडी लोकमार्ग अन्र्तगत पर्ने ठाँटी पोखरी देखि खहरेसम्मको २८ किलोमिटर सडकको अहिलेसम्म ठेक्का आब्हान भएको छैन ।

यता आयोजनाको गोरखा कार्यालयले भने अब काम चाडै सुरु गर्ने दावी गरेको छ । डिपिआर भइसकेको र अब केही दिनभित्र निर्देशनालयले ठेक्काको सूचना निकाल्ने तयारी गरेको गोरखा कार्यालयका प्रमुख रमेशकुमार दृष्टिले जानकारी दिएका छन् ।

the authoradmin

Leave a Reply