राजनीतिसमाचारहाइलाइट-समाचार

राष्ट्रिय सभागृह मै प्रचण्डमाथि जुत्ता प्रहार

Nepal Akhabar

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि लक्षित गरेर जुत्ता प्रहार भएको हो ।

भरतमोहन स्मृति प्रतिष्ठानको आइतबार आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृहमा भाषण गरेर मञ्चबाट निस्कदै गर्दा उनीमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रचण्डलाई लागेन ।

जुत्ता प्रहार गर्ने व्यक्तिको पृष्ठभूमिबारे प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनको नाम खुलेको छैन। जुत्ता प्रहार गर्ने व्यक्तिलाई सिंहदरबार वृत्तमा राखिएको छ।

the authoradmin

Leave a Reply