Monday, July 6

एसइईका परिक्षार्थीले नतिजा पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन

नेपालअखबार, काठमाडाैं। माध्यमिक शिक्षा परीक्षा (एसइई)का परीक्षार्थीहरुले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन हो।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले असार २५ गते सूचना प्रकाशन गरी पुनर्योगका लागि आवेदन दिन  साउन ५ गतेसम्मको समय निर्धारण गरेको थियो।

Advertisement
Advertisement

नतिजामा चित्त नबुझेको खण्डमा परीक्षार्थीहरूले पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सिधै भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय गएर निवेदन दिन सक्नेछन्।

Advertisement

परीक्षार्थीले निवेदन दस्तुर प्रति विषय पाँच सय रूपैयाँका दरले हुने रकम राजस्व खाता नम्बर १४२२३ मा जम्मा गर्नुपर्नेछ।

बोर्डले परीक्षार्थीहरूको निवेदन सहितका कागजातहरू फाराम भर्ने म्याद समाप्त भएपछि तुरून्त पठाउन अनुरोध गरेको छ।

एसइईको नतिजा गत असार २१ गते सार्वजनिक भएको थियो।  ग्रेडवृद्धिका लागि साउन २६ गते परीक्षा हुँदैछ।