Monday, July 6

निःशुल्क फोहर उठाउँछ तनहुँको भानु नगरपालिका

नेपालअखबार, तनहुँ। तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहरमैला निःशुल्करूपमा उठाउँछ। नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ।

Advertisement

नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

Advertisement
Advertisement

‘घर–घरबाट फोहरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ,’ उनले भने, ‘नगरपालिकाभित्र फोहरमैलाको दुर्गन्ध फैलन नदिन निःशुल्क फोहर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ।’

Advertisement

नगरपालिकाले उठाएको फोहोरमैला वडा नम्बर १ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिन्छ।सबै वडाबाट सङ्कलित फोहरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए । सो जग्गा नगरपालिकाले फोहर व्यवस्थापनकै लागि खरिद गरेको हो।