कृषिसमाचारसमाज

पोखरा कृषि पर्यटन सहकारी दोश्रो वर्षमा

Nepal Akhabar

नेपालअखबार, पोखरा । पोखरा कृषि पर्यटन सहकारी लिमिटेड स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापनको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा सोमबार एक कार्यक्रमका विच प्रथम वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रमको जिल्ला बचत संघका अध्यक्ष भेषराज बरालले उद्घाटन गरे । उनले सहकारीले वित्तिय क्षेत्रको मेरुदण्ड रहेको बताए । उनले विधानमा उल्लेख भए अनुसार आफ्ना सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै सफलताको शुभकामना व्यक्त गरे ।
संस्थाका सल्लाहकार चुडामणी बरालले पोखरा कृषि पर्यटन सहकारी प्रदेश स्तरीय सहकारी रहेको बताए । उनले विषम् परिस्थितीमा स्थापना भएको संस्थाले छोटो समयमा प्राप्त गरेको सफलताको प्रशंसा गरे ।
कार्यक्रममा यज्ञप्रसाद अधिकारीले धेरै भन्दा धेरै स्थानियहरुलाई समेट्ने गरि कार्यक्रमहरु ल्याउन आग्रह गरे ।
संस्थाका अध्यक्ष दुर्गाकुमारी आचार्यले संस्थाका गतिविधिमाथि प्रकाश पार्दै संस्थाले स्थानियलाई समेटेर कृषि तथा पर्यटनका क्षेत्रमा जोड दिने गरि कार्यक्रमहरु सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले विषम परिस्थीतिमा स्थापित सहकारीले सेयर सदस्यहरुको लगानीलाई सुरक्षित गर्ने हिसावले जोखिमयूक्त क्षेत्रका लगानीलाई निरुत्साहित गरिरहेको जानकारी दिइन् ।
संस्थाका अध्यक्ष दुर्गाकुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गणेशबहादुर कार्कीले गरेका थिए ।
संस्थाको पोखरा – ३३ बागमारास्थित प्रधान कार्यालय रहेको सहकारीमा १६७ जना सदस्य छन् ।

the authoradmin