Thursday, July 2

सतर्कता तह पुग्यो महाकाली नदीमा जलसतह

नेपालअखबार । महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ।

Advertisement

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ।

Advertisement
Advertisement

बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको छ।

Advertisement

जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ। महाकालीमा आज दिनभर जसलसतह सतर्कता तहमै रहने महाशाखाले जानकारी दिएको ५।

कमला नदीका साना सहायक नदीमा बहाव बढ्ने तथा केहिमा आकस्मिक बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।