अर्थपर्यटनविदेशसमाचार

हिमालय एअरलाइन्सले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ विमान थप गरे

Nepal Akhabar

नेपालको निजी अन्तर्राष्ट्रिय एअरलाइन्स हिमालय एअरलाइन्सले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर नयाँ ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ ।

क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएका छन् ।

धेरै पखाईमा रहेको नयाँ विमान एमएसएन ९०२०, दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भएको हो ।

यो नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्ससँग तिन एअरबस ए३२०–२१४ र एक एअरबस ए३१९–११५ गरी चारवटा विमान हुने भएका छन् ।

हालै समावेश गरिएको एअरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जसले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ ।

the authoradmin

Leave a Reply