प्रदेश ४समाचारहाइलाइट-समाचार

धार्चे गाउँपालिकाका उपप्रमुख फुलमाया गुरुङ सहित चढेको बोलेरो दुर्घटना

Nepal Akhabar

गोरखा । धार्चे गाउँपालिकाका उपप्रमुख फुलमाया गुरुङ चढेको बोलेरो दुर्घटनामा परेको खबर छ ।

बुधबार राती आरुघाट गाउँपालिका वडा नम्बर २ को घोरतकाे जंगलमा उपप्रमुख गुरुङ सहित चढेको बोलेरो दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

बाेलरोमा उनि सहित ८ जना सवार रहेकाे अपुष्ट समाचार सिभिलखबरलाइ प्राप्त भएकाे छ । दुर्घटनामा परेका मध्ये ४ जनाको अवस्था सामान्य रहेको बताइएपनि अन्यको अवस्थाका बारेमा भने खुल्न सकेको छैन ।

जंगलमा बोलेरो दुर्घटना परेको जानकारी पाएपछि मान्बु गाउँका स्थानीय उद्दारमा खटिएका थिए । रातीको समय भएकाले उद्दारमा समेत समस्या भएको स्थानीय एक शिक्षकले बताएका छन् ।

दुर्घटनामा के कति क्षती भयो भन्ने बारे भने विस्तृत विवरण आउन बाँकी छ । उपप्रमुख गुरुङ भने सकुशल रहेको अपुष्ट खबर छ ।

उनिहरु काशीगाउँमा बुधबार दिउँसाे भएकाे एक कार्यक्रममा गएर फर्कदै गर्दा दुर्घटनामा परेको बताइएकाे छ ।

the authoradmin

Leave a Reply