राजनीतिसमाचार

समाज रूपान्तरणमा आम सञ्चारको भूमिका महत्त्वपूर्ण छ अध्यक्ष पाण्डेय

नेपालअखबार, पाल्पा।  नेकपा ( एकीकृत समाजवादी ) का लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री सोम प्रसाद पाण्डेले समाजरूपान्तरणमा आम सञ्चार  क्षेत्रको भूमिका  महत्त्वपूर्ण रहेको  बताउनु भएको छ  ।

समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा बाँकेको कोहलपुरमा आयोजित वृहत रक्तदान कार्यक्रममा बोल्दै नेकपा ( एकीकृत समाजवादी ) का लुम्बिनी प्रदेश अध्यक्ष पाण्डेले नेपाली जनताको ठूलो बलिदानले २०७२ सालमा नेपालको संविधान प्राप्त गरेको जनाउँदै  अब संविधानको अक्षरस पालन गर्दै मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको बताउनु भयो  ।

‘मुलुकले जुन परिवर्तन हासिल गर्नुपर्ने थियो त्यो अझै गर्ने सकेन, नेपाली जनताले नेपालको पवित्र संविधान हासिल गरे । त्यसलाई कार्यन्वयन गर्ने अबको बाटो हो ।’ उहाँले भन्नुभयो  ।  ‘अब देशमा कुनै क्रान्तिको आवश्यक छैन, अब देशमा मात्र आर्थिक क्रान्तिको धेरै आवश्यक छ ।’

कार्यक्रम बोल्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले पत्रकार पेशामा अब्बल, दक्ष र विचारमा प्रतिबद्ध हुनुपर्ने बताउनु भयो  । अध्यक्ष सुवेदीले समाजवादी प्रेस संगठन नेपाल विद्रोहबाट अघि बढेको संगठन भएको बताउँदै संगठनको उद्देश्य भनेको बाम प्रगतिशील पत्रकारलाई ऐक्यवद्धता गराउने रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष हृदय  भुसालले समाजवादी प्रेस संगठन क्रियाशील पत्रकारहरुको संगठन भएको बताउनु भयो  । भुसालले पत्रकारिता अब सुशासनको लागि आवश्यक रहेको जिकिर गर्दै भ्रष्टाचारी विरोधी आन्दोलनमा समेत पत्रकारिता क्षेत्र लागि परेको बताउनु भयो  । भुसालले रक्तदान जीवनदान भएको बताउँदै रक्तदान गर्दा दिने व्यक्तिलाई पनि फाइदा हुने र आफूले गरेको रक्तदानले कसैको जीवन बच्ने  भनाइ थियो  ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निर्वाचित जनप्रतिनिधि, कार्यक्रमलाई विभिन्न स्थानबाट सहयोग गर्ने सहयोगी संघ संस्था लगायतलाई सम्मान गरिएको थियो ।  समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हृदय  भुसालको अध्यक्षता, बाँके जिल्ला कमिटी अध्यक्ष लोकनाथ शर्माको स्वागत मन्तव्य र बर्दिया जिल्ला अध्यक्ष प्रताप गौतमको संचालनमा  भएको थियो ।

the authoradmin