Saturday, May 16

पोखरामा कांग्रेस प्रदेश सभापति सम्मेलन गर्ने तयारी

नेपालअखबार, पाेखरा। नेपाली कांग्रेसले प्रदेश सभापतिहरूको सम्मेलन गर्ने भएको छ।

कांग्रेस गण्डकी प्रदेशको संयोजनमा प्रदेश सभापतिहरूको सम्मेलन यही भदौमा पोखरामा गर्ने तयारी गरिएको हो।

Advertisement

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सभापति शेरबहादुर देउवालाई प्रदेश सभापति सम्मेलनको जानकारी गराइसकेका छन्।

प्रदेश सभापति सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने तय भइसकेको छ।

भदौ १६ र १७ गते सम्मेलनका लागि सभापति देउवाले समय दिइसकेका छन्।

तर कार्यक्रमको औपचारिक निर्णय भने गण्डकी प्रदेश समितिले गर्न बाँकी छ।

कांग्रेस गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले सम्मेलनको औपचारिक निर्णय गर्न बाँकी रहेको सेतोपाटीलाई बताए।

कांग्रेसमा ७ प्रदेश समितिमा महाधिवेशनबाट चुनिएका ७ जना सभापति छन्।