Saturday, May 16

गृह मन्त्रालय तानियो अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई

नेपालअखबार, काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सामाजिक सञ्जालमा सम्पर्क देखिएको भन्दै उनलाई छानबिनका लागि मन्त्रालयमा झिकाइएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।

ती अधिकारीले भने, ‘विवादित व्यक्तिलाई जिम्मेवारीमा राख्नु हुँदैन भनेर फिर्ता बोलाइएको हो, उनलाई मन्त्रालयको अतिरिक्त शाखामा हाजिर गराइएको छ ।’

Advertisement