प्रशासनसमाचार

भोक्राहा नरसिंह गाउँपालिमा चरम बेथिति, प्रशासनिक व्यवस्थापनमा लापरबाही

नेपालअखबार, काठमाडौंसुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको रोजगार संयोजक सोभा कुमारी मेहताले सरकारी कुर्सीको दुरुपयोग गरेको पाइएको छ । पालिकाको कार्यालयमा राखेको सोभा कुमारी मेहता रोजगार संयोजक लेखेको नेमप्लेट अगाडि राखेको रोजगार संयोजकको नाबालक छोराले सरकारी कुर्सीमा बसेको तस्बिर सार्वजनिक भएको छ ।
बिहीबार रोजगार संयोजक सोभा कुमारी मेहताले आफ्नो नाबालक छोरालाई सरकारी कुर्सीमा बसाएर पालिकाको महत्त्वपूर्ण कामकाजको रेकर्ड राखेको ल्यापटप समेत चलाउन दिएर काम विशेषले बाहिर गएको रहस्य बाहिरिएको छ ।
कार्यालय समयमा नाबालक बालकलाई कार्यालयमा ल्याउने गरेको र काम भन्दा बढी बालकको स्याहारसुसारमा बढी समय खर्चिने गरेको उनी माथी आरोप छ । उनले विभिन्न समयमा फर्जी बिल समेत पेस गरि लाखौं रकम भ्रष्टाचार गरेको आरोप छ ।
सोभा मेहताको श्रीमान नेपाली काङ्ग्रेसको कार्यकर्ता भएको कारण उनलाई कार्वाही नगरेको बताइएको छ । राजनीतिक पहुँचको आधारमा लामो समय देखि कुर्सी टिकाउन सफल हुँदै आएकोले भ्रष्टाचारमा समेत लिप्त रहेको आरोप उनी माथि लाग्ने गरेको छ ।
पालिका अध्यक्ष नेपाली काङ्ग्रेसबाट निर्वाचित भएकोले कुर्सी टिकाउन समेत गाह्रो नभएको र अन्य कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेपनि सोभा कुमारी मेहतालाई रोजगार संयोजकको पदमा लामो समयदेखि जिम्मेवारी दिएको छ ।
यता भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको लापरबाहीको कारण चरम बेथिति बढेको पाइएको छ । काम भन्दा बढी घुमघाममा समय बिताउने गरेको र विकास निर्माणमा कुनै चासो नरहेको  सर्वसाधारणहरुको भनाइ छ । उनले केही दिनअघि बजेट सकाउन हतार-हतार अनुगमन गरेको र अहिले पुनः पालिकामा बसेर दिन बिताउने गरेको स्थानीयहरु बताउँछन् ।
भोक्राहा नरसिंहमा बेकामे बन्यो रोजगार कार्यक्रम, असक्षम रहयो रोजगार संयोजक
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रोजगारका कार्यक्रम प्रभावकारी रुपमा संचालन नगरेकोले बेकामे बनेको छ । रोजगार कार्यक्रमका लागि विनियोजन गरेको बजेट पार्दर्शिता नभएको र कार्यक्रम संयोजक भ्रष्टाचारमा लिप्त भएपछि रोजगार कार्यक्रम बेकामे बनेको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाका रोजगार संयोजक शोभा कुमारी मेहताले मेहेन्द्र प्रसाद यादव अध्यक्ष हुँदा खेरि आफुखुशी काम गरेको र काम भन्दा कुरा मात्रै बढी गरेकाले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावहीन बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।
मेहताले आफ्नो शिर्षकमा परेको बजेट कार्यक्रमलाई कागजमा सिमित पारी कयौँ फर्जी बिल भर्पाई बनाएर आर्थिक अनियमिततामा लिप्त भएको कामदारहरुले आरोप लगाएका थिए ।
मेहताले आवश्यकतामा आधारित नभई कागजी बिल भर्पाइ मिलाउदैँ काममा व्यस्त बनेको कामदारहरुले गुनासो गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि भोक्राहा नरसिंह गाउँपालिकामा गत आर्थिक वर्ष २०७७/७८ मा सशर्त अनुदान तर्फ ९६ लाख रुपैँया बजेट रहेकोमा पारिश्रमिक बाहेक श्रमिकका लागि पोशाक हेलमेट, कोदालो, खुर्पी, कुचो सहितका सामग्री र उपकरणमा अनियमितता समेत गरेको मेहता माथी कामदारको आरोप थियोे ।
यसैगरी आर्थिक वर्ष २०७८/७९ मा रोजगार प्रबर्द्धन, गरिब घर परिवार पहिचान, प्रधानमन्त्री रोजगार कार्यक्रम सहित जम्मा १ करोड रकम विनियोजन गरेको थियो । १ करोड रकम विनियोजन भएपनि पालिकामा वृक्षरोपण गरिएको बिरुवा मध्ये कति सडे, कति सुके रोजगार संयोजकालाई नै थाहा छैनन् ।
रोजगार संयोजक मेहताले कागज मिलाउनका लागि थोरैँ काम गरी धेरै फोटो समाजिक सञ्जाल फेसबुकमा पोस्टाएर नाटक मात्रै देखाउन खोजेको स्थानीयहरु बताउँछन् ।
सरकारले बेरोजगारहरुलाई रोजगार दिने स्थानीय उपभोक्ता समितीको काममा सघाउँ गर्ने, स्थानीय काम स्थानीय श्रोत साधनबाटै सञ्चालन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर प्रधानमन्त्री रोजगार कार्यत्रम ल्याएको भएपनि रोजगार संयोजक नियुक्ती देखी कार्यन्वयन सम्म विवादस्पद कार्यक्रम संयोजक मेहता माथि लागेको आरोप पटक पटक बाहिर आएको छ । उनी गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष पुनम कुमारी मेहताको आफन्त परेकै कारण पालिकामा जागीर लगाएर प्रधानमन्त्री रोजगार कार्यक्रमको संयोजकमा जिम्मेवारी दिएको थियो ।
भोक्राहामा वृक्षारोपण गरिएकामध्ये कति बिरुवा सडे र कति मरे केही थाहा छैन
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न सडक अन्तर्गत, विद्यालय, मदर्शा, मन्दिर, मस्जिद, सार्वजनिक स्थल वा कार्यालयको परिषर तथा सडकखण्डको किनारमा तीन वर्षको अवधीमा करीब १ लाख भन्दा बढी बोटबिरुवा रोपिएका छन्  ।
वृक्षारोपणमा भन्दा विरुवाको संरक्षण गर्ने र हुर्काउनेमा प्रतिष्पर्धा हुनुपर्ने हो । कतै पानीको अभाव र कतै संरक्षण कै अभावमा विरुवा सडेको र कति मरेको रोजगार संयोजकलाई नै थाहा छैन। वृक्षारोपण गरेपछि संयोजक सहितका टिमले फेरि हेर्न भ्याएको छैन ।
गाउँपालिका भित्र रोपिएका करिब १ लाख विरुवाको रेखदेख गर्ने जिम्मा रोजगार संयोजकको रहेको छ । तर रोपिएका कति विरुवा सरे र कति स्थानका विरुवा मरे भन्ने बारेमा जानकारी नै छैनन् ।

विरुवामा पानी नहालेको कारण सुकेको हो । रोपिएपछी पानी हाल्ने कामदार नभएर विरुवा सुकेको हो । रोपिएको विरुवाहरु अहिले हेर्दा कुन ठाँउमा रोपिएको थियोे थाहा हुँदैन । विरुवाको डाठ सुकेको हो होइनन् भन्ने छाडाैँ । विरुवा सुकेर नस्ट भइ सकेका छन् ।

 

 

the authoradmin