Friday, May 15

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भेटे बस दुर्घटनाका घाइते

नेपालअखबार, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धादिङमा बुधबार भएको बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

काठमाडौंका विभिन्न अस्पतालमा पुगेर त्यहाँ उपचार गराइरहेका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा उनले जानकारी लिएका हुन् ।

Advertisement

बस दुर्घटनामा परेका घाइतेहरु मध्ये काठमाडौंको ट्रमा सेन्टरमा ७ जना, बयोधा अस्पतालमा चार जना, क्रिष्ट मेडिकल कलेज, मेडिसिटी र बि एण्ड बि अस्पतालमा १÷१ जनाको उपचार भैरहेको छ ।

काठमाण्डौंबाट पर्वत हुँदै म्याग्दीको बेनीबजार जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशुली नदीमा खस्दा ८ जना यात्रुको मृत्यु भएको थियो भने १७ जना यात्रु घाइते भएका थिए ।