चलचित्रसमाचार

विदेशमा शाहरुखको क्रेज : अमेरिकामा जवानको १० हजार अग्रिम टिकट बिक्री

Nepal Akhabar

नेपालअखबार, मुम्बई । अमेरिकामा शाहरुख खान स्टारर फिल्म ‘जवान’का लागि १० हजार टिकट अग्रिम बुकिङ गरिएको छ । जबकि फिल्म रिलिज हुन अझै १५ दिन बाँकी छ ।

फिल्मले अहिलेसम्म अमेरिकामा अग्रिम बुकिङबाट मात्रै १.३६ करोड भारतीय रुपैयाँ कमाएको बलिउडको ब्यापारबारे जानकारी राख्ने निशित शाले बताए । यसअघि शाहरुखको फिल्म पठानले पनि रिलिजको पाँच दिनअघि नै अग्रिम बुकिङबाट करिब १ करोड कमाएको थियो ।

हालै विश्लेषक मनोबाला विजयबालनले पनि एक्समा फिल्मको अग्रिम बुकिङसँग सम्बन्धित तथ्यांक सेयर गरेका छन् । उनले लेखेका छन्, ‘जवानले रिलिज हुनुभन्दा दुई साताअघि अग्रिम बुकिङबाट करिब १.२५ करोड भारतीय रुपैयाँ कमाएको छ ।

अमेरिकाका करिब ३६७ स्थानमा फिल्मको १६०७ शो हेर्न सकिन्छ। फिल्मको हिन्दी शोका लागि करिब ९ हजार २०० टिकट बिक्री भइसकेको छ भने तेलुगु शोका लागि ३६० टिकट बिक्री भएको छ ।’

विजयबलनले फिल्मले पहिलो दिन १०० करोडभन्दा बढीको ओपनिङ लिन सक्ने बताएका छन् । अर्कोतर्फ चलचित्र प्रदर्शक विशेक चौहानले लेखेका छन्– ‘हामीले पठानका लागि देशैभर बिहान ६ बजेको शो राखेका थियौँ । मलाई अहिले सोधिएको छ कि जवानको पनि बिहान ६ बजेको शो हेर्न पाइन्छ कि ?’

फिल्म सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । फिल्मका निर्देशक एट्ली हुन् । फिल्ममा शाहरुख खानसँगै विजय सेतुपति र नयनतारा पनि देखिनेछन् । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभर रिलिज हुनेछ । फिल्ममा सान्या मल्होत्रा र प्रियमणि पनि देखिनेछन् । जहाँ दीपिका पादुकोण केमियो रोलमा देखिनेछिन् ।

the authoradmin