Monday, June 1

इमरान खानको सजायमा इस्लामाबाद उच्च अदालतले लगायो रोक, रिहा गर्न आदेश

नेपालअखबार, एजेन्सि। इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सजायमा मङ्गलवार रोक लगाएको छ ।

यो रोक तोसाखाना मामिलामा लगाइएको हो । इस्लामाबाद उच्च अदालतले इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ ।

Advertisement

इस्लामाबाद उच्च अदालतले सोमबार यो मुद्दामा निर्णय सुरक्षित राखेको थियो । इमरान खानलाई पाँच अगस्टमा तोसाखाना मुद्दामा दोषी ठहर गर्दै ट्रायल कोर्टले तीन वर्षको सजाय सुनाएको थियो ।

अदालतको आदेश लगत्तै इमरान खानलाई पक्राउ गरिएको थियो ।