Monday, July 27

एमसिसी परियोजना आजदेखि कार्यान्वयनमा

नेपालअखबार, काठमाडाैं। अमेरिकी सहायता परियोजना एमसिसी आजदेखि कार्यान्वयनमा आएको छ।

Advertisement

अर्थ मन्त्रालयमा बुधबार भएको कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महत र एमसिसी कम्प्याट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून अल्फोर्डले एमसिसी परियोजनाको कार्यान्वयनमा गएको घोषणा गरेका हुन्।

Advertisement
Advertisement

आजबाट  कार्यान्वयनमा गएको घोषणा भएसँगै एमसिसीको पाँच वर्षे अवधि पनि गणना सुरू भएको छ। यसको अर्थ एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ।

Advertisement

एमसिसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मत  आयोजना रहेका छन्।

प्रसारण लाइनअन्तर्गत पहिलो खण्डमा लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडासम्मको ११७ किमि लामो प्रसारण लाइन बनाइने छ भने दोस्रो खण्डमा रातमाटेदेखि नयाँ दमौलीसम्मको ९० किमि र तेस्रो खण्डमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि र नयाँ बुटवलदेखि नेपाल(भारत सीमासम्मको १८ किमिको प्रसारण लाइन बनाइने छ।

नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासी (बर्दघाट सुस्ता पश्चि) को भुमहीमा ४०० केभी क्षमताका सबस्टेशन बनाउन लागिएको छ। सडक आयोजनाअन्तर्गत पूर्व(पश्चिम राजमार्गमा पर्ने दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति गरिनेछ।

यी सबै आयोजनाहरू कार्यान्वयनमा गएको पाँच वर्षभित्र सकिनै पर्ने एमसिसी सम्झौतामा उल्लेख छ।

आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि कार्यान्वयनमा गएको घोषणा गर्नुअघि पूर्वतयारीका कामहरू सम्पन्न गरिएको एमसिए नेपालले जनाएको छ।