Monday, July 27

एमालेको निष्कर्षः राजनीतिमा अवसरवाद र अराजकता बढ्यो (पूर्णपाठ)

नेपालअखबार । नेकपा (एमाले)ले पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको बताएको छ।

Advertisement

चौथो महाधिवेशनस्थल सिराहाको सर्रे अम्बासमा भएको सचिवालयको २५ औं बैठकले समाज र राजनीतिमा देखापरेका विकृति, विसंगति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण तथा अस्थिरताले पार्टीमाथि चुनौती थपिएको निचोड निकालेको हो।

Advertisement
Advertisement

‘यतिबेला जनताले भोग्नुपरिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ। यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरूप्रति गर्व गर्छ र जनता तथा पार्टीबीचको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ । यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरुको भावना र संकल्पलाई

Advertisement

प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्छ,’ पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हेर्नुस्  सचिवालय बैठकले पारित गरेको प्रस्तावको पूर्णपाठ: