राजनीतिसमाचार

एकीकृत समाजवादीले बनायो ५ सदस्यीय ‘एमसीसी अनुगमन’ समिति

नेपालअखबार,  काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार ‘एमसीसी अनुगमन’ समिति बनाउने निर्णय गरेको छ ।

१२ बुँदे व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा आएको एमसीसीका कामको अनुगमन र व्याख्यात्मक घोषणाको कार्यान्वयनको सन्दर्भमा समेत छलफल गर्नेगरी समिति गठन गरेको सो पार्टीले जनाएको छ । सो समितिले संसदभित्र पनि समिति बनाउन पहल गर्नेछ । सोमबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने  निर्णय भएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

अनुगमन समितिका सदस्यहरुमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह  छन् । समितिमा एकजना विषयविज्ञ भने पछि राखिने खतिवडाले जनाए । बैठकमा महाधिवेशन तयारीबारे विभिन्न छलफल भएपनि कुनै निर्णय भइनसकेको सो पार्टीले जनाएको छ । थप गृहकार्य गरेर एजेण्डासहित अर्को बैठकमा महाधिवेशन तयारीबारे निर्णय गर्ने खतिवडाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

the authoradmin