राजनीतिसमाचार

नेपाली सेनाका निर्माणधीन आयोजनामा मन्त्री ज्वालाले अध्ययन भ्रमण थाल्ने

Nepal Akhabar

नेपालअखबार, काठमाडौं भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनासँग छलफल गर्नुहुने भएको छ । लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले ५ आयोजनामा निर्माण गरिरहेको छ ।

नेपाली सेनाले निर्माण गरिरहेका कतिपय आयोजना सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गर्न लाग्नुभएको हो । काठमाडौं- तराई मधेश फास्ट ट्रयाकमा भनेजति काम हुने सकेको छैन भने कर्णाली करिडोरमा पनि सन्तोषजनक काम भएको छैन ।

‘मन्त्रीज्यूले १८ भदौमा नेपाली सेनासँग छलफल गर्ने कार्यक्रम तय गर्नुभएको छ’ मन्त्रीका निजी सचिव रामहरी शर्माले भन्नुभयो ‘छलफलपछि मन्त्री आफैं स्थलगत भ्रमणमा पनि जाने कार्यक्रम तय भएको छ’ ।  नेपाली सेनाले काठमाडौं- तराई मधेश, कोशी करिडोर, गोरखाको लार्के भञ्याङ, कर्णाली करिडोरको खुलालु र सल्लीसल्ला, दार्चुला टिंकर सडक निर्माण गरिरहेको छ । यी सवै ठाउँको स्थलगत अध्ययन गर्ने कार्यक्रम मन्त्री ज्वालाले बनाउनुभएको सहसचिव अर्जुन थापाले बताउनुभयो ।

काठमाडौं तराई मधेश फास्ट ट्रयाकको पछिल्लो समय डिपीआर संशोधन भएको छ । डिपीआर संशोधनपछि लागत मुल्य २ अर्ब २ करोड घटेको छ भने निर्माणको समय पनि घटेको छ । टनेल थपिदा बाटोको लम्वाई पनि कम भएको छ । मन्त्री ज्वालाले सडक विभागअन्र्तत सञ्चालन भएका आयोजनाको ‘टायम कार्ड’ लागु गर्नुभएको छ ।

the authoradmin