समाचारसमाज

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

नेपालअखबार, काठमाडौं । मुस्लिम आयोगले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र समुदायका धार्मिक धरोहरप्रति आक्रमण गरी अशान्ति फैलाउन खोजेको भन्दै आयोगले गम्भीर चासो प्रकट गरेको हो ।

मधेस प्रदेशका धनुषा, महोत्तरी, पर्सा र सर्लाहीमा केही समूहले सामाजिक सदभाव विथोल्ने प्रयास गरेको भन्दै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रहरी महानिरीक्षक सहित स्थानीय प्रशासनका अधिकारीलाई शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

यसैबीच आयोगका तर्फबाट शाखा अधिकृत विमला भूसालद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘धार्मिक सहिष्णुता खल्बल्याई समाजमा अशान्ति सिर्जना गर्ने व्यक्तिहरुको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्र्या समाजमा शान्ति र अमनचयन कायम गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइन्छ ।’

आयोगले समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म, समुदायहरुले धर्म र आस्थाप्रति सम्मान व्यक्त गर्न र धार्मिक सहिष्णुता बचाइराख्न अपिल गरेको छ ।

the authoradmin