नेपालअखबार, काठमाडाैं। नेकपा एस निकट नेपाल रिटर्नी एशोसिएसनकाे प्रथम रास्ट्रिय भेलाकाे तैयारी पूरा भएकाे छ । श्रम र सीपको सृजनसिलता, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ नेपाल रिटर्नी एशोसिएशन यहि असाेज ३गतेका दिन दिउसाे १ बजेकाे समयमा अलाेक नगर, पार्टी केन्द्रिय कार्यालय, काठमाडौँ भेला गर्ने अध्यक्ष प्रविण पौडेलले जान्कारी दिएका छन् ।
नेपाल रिटर्नी एशोसियशनको प्रथम ऐतिहासिक रास्ट्रिय भेलाले बढ्दो विश्व श्रम बजारलाई उत्पादन संग र उत्पादनलाई रास्ट्रिय पुँजी निर्माणमा जोड्न हातेमालो गर्दै अगाडी बढ्नुका साथै बृहत रास्ट्रिय भेलामा सहभागिताको लागि हार्दिक अपिल गर्ने छ।
वैदेशिक रोजगारमा जाने र वैदेशिक रोजगारबाट स्वदेश फर्किएका ठुलो युवा जनशक्तिलाइ हामीले परिकल्पना गरे अनुरुप रास्ट्र निर्माणमा लक्ष्य प्राप्त गर्ने विश्वास लिएकाे अध्यक्ष प्रविण पौडेलले बताए । नेकपा एसका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमारकाे प्रमुख अतिथी रहने छन् । उत्त प्रथम ऐतिहासिक रास्ट्रिय भेलामा ६० वटा जिल्लाका प्रतिनिधि सहभागि रहनेछन् ।