राजनीतिसमाचारहाइलाइट-समाचार

सप्तरीमा एकसाथ ३५०जनाले एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश

Nepal Akhabar

नेपालअखबार, सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका ” समाजवादी जागरण अभियान ” को तेस्रो दिन राजविराजबाट शुरू भएकाे  यात्रा छिन्नमस्ता माईको मन्दिर नजीकको चौरमा आयोजित भव्य कार्यक्रम सम्पन्न भएकाे छ । उत्त कार्यत्रममा  एमाले लगायत विभिन्न पार्टी परित्याग गरी प्रवेश ३५० जना नेता कार्यकताहरू नेकपा ( एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । यस्तै सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण चोकमा भएको कार्यक्रममा समेत सयौंको संख्यामा कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश भएका छन् ।

याे ” समाजवादी जागरण अभियान “सुरू भएसंगै कार्यक्रम भएका स्थानहरुमा पार्टी प्रवेश गर्नेहरुको लहर वढ्को  छ । एकीकृत समाजवादीले सरु गरेको  समाजवादी जागरण अभियान २०८० को तेस्राे दिन पनि पार्टी प्रवेशकाे लहरबाट सुरूवाद भएकाे छ ।

नवप्रवेशीलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायतले स्वागत गरेका थिए । सभामा पार्टी बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्वे अभियानको सुरुवात गरिएको बताएका छन्   ।

the authoradmin