राजनीतिसमाचार

एकीकृत सरकारी कर्मचारी संगठन बाराकाे अध्यक्षमा बिकाश कुमार रञ्जन

नेपालअखबार, बारा। एकीकृत सरकारी कर्मचारी संगठन, जिल्ला कार्यसमिति बाराको संगठक भेला तथा संगठन बिस्तार भेलाबाट बिकाश कुमार रञ्जन ज्युको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमितिको गठन भएको छ। कार्यालय समय समापन पश्चात् सुरु भएको सो कार्यक्रममा संगठकहरुको एकदम उत्साहपुर्ण सहभागिता रहेको थियो ।

अध्यक्ष रञ्जन, ईलाका प्रशासन कार्यालय सिम्रौनगढ, बाराका कार्यालय प्रमुख हुन् । कार्यक्रम ईलाका प्रशासन कार्यालय बाराको सभा हलमा सम्पन्न भएको थियो। नवनिर्वाचित कार्यसमिति बाराका उपाध्यक्ष शोभा पटेल र नितेश प्रसाद यादव, सचिब जयलाल सहनी र अमोद कुमार यादव, कोषाध्यक्ष जितेन्द्र कुमार, सदस्यहरु पुजा कुश्वाहा,संजय साह, असर्फी साह, राम बिश्वास कुश्वाहा, जितेन्द्र पन्डित, लक्ष्मी नारायण साह, चन्दन कुमार चंदन, दैनित कुमार कर्ण, बिजय कुमार सिंह, सन्दीप कुमार गुप्ता, परम हंस जयसवाल, बिन्देश्वरी प्रसाद कुशवाहा, प्रदीप राम, पिटर थारु र भावना कर्ण निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय उपाध्यक्ष तथा स्वास्थ्य सेवा समन्वय बिभागका प्रमुख सुरेन्द्र ठाकुरकाे उपस्थितिमा उत्त भेला सम्पन्न भएकाे छ ।  अतिथी  केन्द्रीय सदस्य सुशान शाही, राजेश प्रसाद यादव, एकीकृत स्वास्थ्यकर्मी संगठन मधेस प्रदेशका कोषाध्यक्ष प्रदीप कुमार गुप्ता, एकीकृत स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष गौरीशंकर प्रसाद तथा बाराका अध्यक्ष दिपेश कुमार कुश्वाहा, एकीकृत सरकारी कर्मचारी संगठनका जिल्ला कार्य समिति रौतहटको उपाध्यक्ष राधा मोहन साहको उपस्थिति रहेको थियो । एकीकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिति बाराले पुर्णता पाए संगै मधेस प्रदेशको सबै जिल्लामा संगठनले पुर्णता पाएको छ ।

the authoradmin