Monday, May 11

न्याय सेवा आयोगद्वारा ७ सहसचिव र ४५ उपसचिवका लागि दरखास्त आह्वान

नेपालअखबार, काठमाडौँ । न्याय सेवा आयोगले सहसचिव र उपसचिवका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार सूचना प्रकाशित गर्दै नेपाल न्याय सेवाको रिक्त सात सहसचिव र ४५ जना उपसचिवका लागि दरखास्त आह्वान गरेको हो ।

ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा बढुवाद्वारा पूर्ति गर्नुपर्ने भन्दै २०८० आषाढ मसान्तसम्म निजामती सेवा ऐन र नियमावलीबमोजिम योग्यता पुगेका सम्भाव्य उम्मेदवारहरूले दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

Advertisement

सूचना प्रकाशित भएको ३५ दिन भित्र सहसचिवका लागि एक हजार पाँच सय र उपसचिवका लागि एक हजार दुई सय को रसिद संलग्न गरी आयोगमा दरखास्त बुझाउन भनिएको छ ।

image-64