प्रशासनसमाचार

७ लाख बढी स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

नेपालअखबार, सप्तरी । ७ लाख बढी स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन्।

सप्तरी रूपनी नगरपालिका-१ खाडोपुलमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

अग्निसाइर कृष्णसवरण नगरपालिका-२ बस्ने २७ वर्षीया सिमा भन्ने सागरकुमारी चौधरी र लहान नगरपालिका-१ बस्ने २६ वर्षीया चन्दा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूबाट ७ लाख ८६ हजार ५०० रुपैयाँ स्रोत नखुलेको नगद बरामद भएको हो।

विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरीको टोली खटिएको थियो।  चेकिङ गर्नेक्रममा पूर्व जाँदै गरेको प्र.१-००-४८ प ३०९० नम्बरको स्कुटरको डिक्कीमा ७ लाख ५० हजार नगद र चालक सागरकुमारी चौधरीबाट ३६ हजार ५०० रुपैयाँ बरामद भएको हो।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

the authoradmin