Tuesday, May 19

पोखरा महानगरले पठायो भूकम्प प्रभावित क्षेत्रमा राहतसहित उद्धार टोली

नेपालअखबार,पोखरा । कास्कीको पोखरा महानगरपालिकाले भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको जाजरकोट र रुकुम पश्चिममा उद्धार एवम् खोजतलासका लागि राहतसहित नगर प्रहरीको टोली पठाएको छ ।

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा महानगरका वडाध्यक्षद्वय सहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा उद्धार टोली प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए ।

Advertisement

उनका अनुसार महानगरका २ वटा सानो गाडी र १ ट्रक राहतसहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ ।

टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्यांकेट र औषधि एवम् उपचारका आवश्यक सामग्री लिएर गएको मेयर आचार्यले जानकारी दिए ।

पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको एक महिनाको पारिश्रमिकबाट सोध भर्ना हुने गरी १३ लाख १५ हजार रूपैयाँ र विपद कोषको समेत गरी ५० लाख रुपैयाँ बराबरको राहत सहयोग पठाइएको उनले बताए ।

‘थप सामग्री र सहयोग महानगरपालिकाको विपद् कोषबाट खर्च बेहोरिने छ,’ मेयर आचार्यले भने ।May be an image of text

May be an image of 15 people, car and text