राजनीतिसमाचार

एकीकृत समाजवादी सिन्धुपाल्चोक जिल्ला कमिटी पुनर्गठन, अध्यक्षमा खनाल

नेपालअखबार, सिन्धुपाल्चोक ।  नेकपा ( एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटी पुनर्गठन भएको छ । शनिबार भएको जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी पुनर्गठन गरेको हो ।

बैठकले कमिटीको अध्यक्षमा विनोद खनाल, उपाध्यक्षमा अनिता लामा, सचिवमा  कुमारराज घतानी, उपसचिव तथा १ नं क्षेत्रीय कमिटी संयोजकमा नरेन्द्र खड्का, उपसचिव तथा प्रचार विभाग प्रमुखमा ईश्वरीप्रसाद अधिकारी, २ नं क्षेत्रीय संयोजकमा रामलाल बिक (सुदीप ) , २ ( ख) को संयोजक कामी सुनार, २ (क) संयोजक  रामप्रसाद चौलागाई, १ (क) संयोजक  मेहरमान विक, १ (ख) संयोजक  यज्ञराज न्यौपानेलाई जिम्मेवारीमा पदस्थापन गरेको छ ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज  डा.गंगालाल तुलाधरको प्रमुख आतिथ्यतामा  बैठक सम्पन्न भएको थियो ।

the authoradmin