
नेपालअखबार, काठमाडौँ । समाजवादी प्रेस संगठन नेपाल काठमाडौँ जिल्ला कमिटीले सांस्कृतिक पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा द्यौसी सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विजया दशमी, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा आउने शनिवार काठमाडौँको सुकेधारा स्थित रारा उपभोक्ता समितिको भवनमा कार्यक्रम गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्रीको प्रमुख आतिथ्यता तथा पार्टी सचिव रामकुमारी झाँक्रीको विशेष आतिथ्यतामा पत्रकार, कलाकारहरूको उपस्थितिमा शुभकामना आदान प्रदानसंगै द्यौसी सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्न लागिएको कार्यक्रम व्यवस्थापक डिग बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
पर्वहरूको मौसमको अवसर पारेर भाइचारा सम्बन्ध स्थापित गराउने उद्देश्यले शुभकामना तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको प्रेस संगठन काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष भीम लामाले जानकारी दिनुभयो । पत्रकार, राजनीतिकर्मी, कलाकर्मी तथा नेपाली दाजुभाइ वीच एकता तथा सदभाव स्थापित गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास गरेको बताउनु भयो ।
नेपाली कला, संस्कृतिको विकास उत्थान तथा प्रर्वद्धनमा समेत विशेष जोड दिदै पत्रकारहरूबीच भएको सक्रियता र सिर्जनशील क्षमताको विकासमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउने अध्यक्ष लामाले बताउनु भयो । कार्यक्रम कार्तिक २५ गते शनिवार दिउँसो २ बजेदेखि सुरु हुने बताईएको छ ।

