Saturday, July 18

अर्थतन्त्र सुधारका लागि छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक आज बस्दै

नेपालअखबार, काठमाडाैं। अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक आज बस्दैछ।

Advertisement

अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न सोमबार अन्तरनिकाय छलफल डाकेका छन्।

Advertisement
Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबारको छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने छ।

Advertisement

बैठक दिउँसो साढे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

विगतमा सरकारले गरेको प्रतिबद्धता, त्यसको कार्यान्वयन अवस्था र परिणाम, निजी क्षेत्रको माग, माग पूरा गर्ने सवालमा देखा पर्ने समस्या, अन्तर निकायमा देखिएको समन्वय अभाव लगायत विषयमा बैठकमा छलफल गरिने बताइएको छ। योसँगै निजी क्षेत्र, राजनीतिक दलहरू, विज्ञ र सरोकारवालाहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने तयारी गरेका छन्।

‍प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकारले ‘बोल्ड’ निर्णय लिने बताएका थिए।