राजनीतिविचारसमाचारहाइलाइट-समाचार

शिक्षा, स्वास्थ्य, राेजगारकाे अवसर सृजना गर्दै  जातिय छुवाछुतकाे अन्त्य गर्नु पर्छ :अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं। बागमती दलित मुक्ति संगठनको बागमती प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण सम्पन्न गरेकाे छ ।  प्रमुख अतिथि  नेकपा एकीकृत समाजबादी पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  बागमती दलित मुक्ति संगठनको बागमती प्रदेश स्तरीय विस्तारित  प्रशिक्षणमा टाउकाे ठूलाे बनाएर हुनेवाला केहि छैन खुट्टादराे पार्न पर्ने बताएका छन् । पार्टी संचालनकाे क्रममा रावणकाे जतराे टाउकाे बनाउदा आफै सकिने बाटाे हुने हुँदा सदस्य संख्याकाे अवस्था हेरेर पार्टीकाे केन्द्रिय समितिका आकार बन्न पर्ने बताएका छन् ।

जातिय छुवाछुत विरूद्ध आफु प्रधानमन्त्री भएका बेला  दलित समूदायसंग अन्तरजातिय विवाह गर्नेलाई राज्यकाे तर्फबाट एकलाख राशिले सम्मान गरि प्राेत्साहन गरेकाे साथै प्रत्यक जिल्लामा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा जातिय छुवाछुतका घट्ना घटाउनेलाई कडा कार्वाहि साथै न्यूनिकरण गर्ने निर्देशन दिएकाे स्मरण गर्दै  अध्यक्ष नेपालले जानकारी दिएकाछन् ।

अल्पसंख्य, पिछडा वर्गका  विकासका लागि राज्यले विशेष पहल गर्दै आएकाे छ थप केहि वर्ष राज्यले विशेष प्राथमिकताका साथ याेजना बनाउन पर्ने बताएका छन् । मान्छेले मान्छेलाई छुन पनि नहुने भनि गरिएकाे जातिय छुवाछुतकाे विभेद विरूद्ध सचेतना फैलान आवश्यक रहेकाे छ । गाँउ वस्ति सम्म शिक्षा, स्वास्थ्य, राेजगारकाे अवसर सृजना गर्दै  जातिय छुवाछुतकाे अन्त्य गर्नु  पर्ने अध्यक्ष  नेपालले बताएका छन् ।  May be an image of 6 people and textMay be an image of 6 peopleMay be an image of 5 people, beard and people smiling

the authoradmin