अर्थसमाचारसमाज

पोखरामा आजदेखि औद्योगिक व्यापार मेला, टिकट काट्ने दर्शकलाई स्कुटर उपहार

Nepal Akhabar

नेपालअखबार, पोखरा । पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुँदै छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ३२ औँ संस्करणको मेला नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा हुनेछ । मेला पुस १ गतेसम्म हुने आयोजकले जनाएको छ ।

मेलामा २५० स्टल रहनेछ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने गरी छुट्टै स्टल छन् भने महिला उद्यमशीलता तथा अन्य उद्यमहरूको पनि स्टल छन् ।

मेला अवधिभर ९० लाख आम्दानी हुने र १० लाख बचत गर्ने अनुमान छ । मेला भर्न आउने दर्शकले टिकट काट्दा पाउने कुपनबाट एक जनालाई स्कुटर उपहार प्रदान गरिने अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।

उनका अनुसार मेलाको आम्दानीले उद्यमशीलता प्रबद्र्धनमा खर्च गरिने छ । पोखरा उद्योग वाणिज्य सङ्घले २०४२ सालमा पहिलो पटक औद्योगिक व्यापार मेला गरेको थियो । मेलाको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् ।

the authoradmin