अर्थप्रशासनसमाचार

भारतले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । भारत सरकारले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने भएको छ । हाल ६३० मेगावाटभन्दा बढी बिजुली किनिरहेको भारतले थप ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो ।

भारत सरकारले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम न्यूएजले उल्लेख गरेको छ । समाचारमा भारत सरकारले नेपालबाट राष्ट्रिय ग्रीडको प्रयोग गरेर सिधा खरिद गर्नेछ ।

यससँगै भारततर्फ नेपालबाट भारतले कूल ६७० मेगावाट बिजुली किन्नेछ । नेपालबाट थप ४० मेगावाट नवीकरणीय ऊर्जा किन्ने निर्णयसँगै भारत सरकारले प्राकृतिक ग्यास खरिदलाई समेत स्वीकृत गरेको समाचारमा उल्लेख छ ।

the authoradmin