अपराधसमाचार

पाेखरामा ठगी सम्बन्धी मुद्दामा वडा सदस्य सहित ४ जना पक्राउ

नेपालअखबार, पाेखरा। पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ठगीको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

वडा नं. ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै  प्रतिव्यक्ति रु.१३,५००।– रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरी परेको थियो । त्यसैका आधारमा  उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिएका छन् ।

वडा सदस्य पहारीसहित पक्राउ पर्नेमा वडा नम्बर ६ लेकसाईड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् ।

उनीहरु विरुद्ध विभिन्न १५ जना व्यक्तिले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

चार जनालाई नै कास्की जिल्ला अदालतबाट ठगी तथा अपराधिक लाभ सम्बन्धी मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान पक्रिया अगाडी बढाईएको कास्की प्रहरी प्रवक्ता विकले जानकारी दिए ।

the authoradmin