Thursday, May 14

हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ

नेपालअखबार, मकवानपुर । मकवानपुरको हेटौँडाबाट पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । हेटौँडाबाट सेमिअटोमेटिक पेस्तोल, २० थान गोली सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार हेटौँडा–१० बाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर– ९ बस्ने ३३ वर्षको निश्चल पौडेल, सोही स्थानका ३५ वर्षका गणेश घले र ३० वर्षको प्रितम क्षेत्री रहेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूको साथबाट सेमिअटोमेटिक पेस्तोल, २० राउन्ड गोली, हतियार सफा गर्ने रड, लागु औषध खैरो हेरोइन २ ग्राम ४०० मिलिग्राम, लागु औषध तौल गर्ने डिजिटल तराजु २ थान, ५ थान मोबाइल, ५० हजार नगद र ना २५ प ३३०५ नम्बरको सिबी युनिकर्न र ना ६३ प ९६७८ नम्बरको आरआर ३१० सिसीको मोटरसाइकल बरामद गरेको छ ।