अर्थचलचित्रसमाचार

२ अर्ब भारुभन्दा बढी पारिश्रमिक लिन्छन् ७३ वर्षका रजनीकान्त

Nepal Akhabar

नेपालअखबार, हैदराबाद । दक्षिण भारतीय फिल्म उद्योगमा रजनीकान्तलाई भगवान् जसरी पुज्ने गरिन्छ । यिनै रजनीकान्त आजदेखि ७३ वर्षका भए ।

उमेरको साथमा रजनीकान्तको फ्यान फलोइङ र रेकर्ड वर्षेनी बढिरहेको छ । यही वर्ष रिलिज भएको रजनीकान्तको जेलरले ६ अर्ब भारुभन्दा धेरै कमाएर तमिल सिनेमा उद्योगमा इतिहास रच्यो ।

५ अर्ब भारुभन्दा धेरै कलेक्शन गर्ने २ तमिल फिल्म हुने रजनीकान्त दक्षिण भारतका एक मात्रै सुपरस्टार हुन् । रजनीकान्तको उमेरमा अन्य अभिनेताहरु हिरोको बाउ वा हजुरबाको भूमिका खेलिरहेका छन् । तर यति बुढो उमेरमा पनि रजनीकान्त नायकका रुपमा फिल्म खेलिरहेका छन् । उनका फिल्मले रेकर्ड पनि बनाइरहेको छ । रजनीकान्तले जेलरका लागि २ अर्ब १० करोड भारु पारिश्रमिक लिएका थिए । यिनी दक्षिण भारतको मात्रै होइन भारतकै सबैभन्दा धेरै पारिश्रमिक लिने एक्टर हुन् ।

दक्षिण भारतमा रजनीकान्तको फिल्म रिलिज हुने दिन कयौँ स्थानमा सार्वजनिक छुट्टी नै दिइन्छ । रजनीकान्तसँग सबैभन्दा धेरै फ्यानक्लबको रेकर्ड छ । यिनको नाममा ६६ हजार रजिष्टर्ड फ्यान क्लब छ । अनरजिष्टर्ड फ्यान क्लबको गिन्ती छैन ।

कुली र बस कन्डटरका रुपमा गरेका थिए काम

रजनीकान्तको जीवनमा यस्तो क्षण पनि आएको थियो जसमा उनले घर चलाउन कुलीका रुपमा काम गर्थे । पछि यिनले बैगलौरमा बस कन्डक्टरको जागिर पनि पाए । कयौँ साना तिना फिल्ममा काम गरेपछि सन् १९७६ मा आएको मूंदरु मुलिचु फिल्ममा रजनीले ठूलो रोल पाए । तर यो फिल्ममा उनको पारिश्रमिक जम्मा २ हजार भारु थियो ।

फिल्ममा लिड रोलमा बालकलाकार श्रीदेवी थिइन् । श्रीदेवीको पारिश्रमिक ५ हजार भारु थियो । रजनीले सन् १९७७ मा चिलाकम्पा चेप्पिंदीमा पहिलो पटक हिरोको भूमिका पाए । सन् १९७८ मा बैरवी नामक फिल्ममा सोलो लीड काष्ट पाएपछि रजनीकान्तको जिन्दगी बद्लियो । यो फिल्मपछि उनी रातारात सुपरस्टार बने । सन् १९७७ मा रजनीकान्तको १५ र सन् १९७८ मा २० ओटा फिल्म रिलिज भएको थियो ।

तर ७० को दशकको अन्त्यतिर एक पछि अर्को गर्दै रजनीकान्तको सबै फिल्म फ्लप भए । यो देखेर उदास रजनीकान्त अभिनय नै छाड्ने मूड बनाए । नयाँ फिल्म साइन गर्नै छाडे । रजनीकान्तको जादू सकिएको केही वितरक र निर्देशकहरुले ठोकुवा गर्न थाले । यसैबिच अभिताभ बच्चनको डनको तमिल रिमेक बिल्लाको साथमा उनले शानदार कमब्याक गरे । यसपछि उनले कहिले पछाडि फर्केर हेर्नु परेन । फिल्म क्षेत्रमा आएको १० वर्षमा रजनीकान्तले सय ओटा फिल्म खेले । यो आफैँमा एउटा रेकर्ड हो ।

the authoradmin